महेन्द्रनगरको शिवधामलाई नेपाली सेनाको सहयोग

हिमाल प्रेस ५ फागुन २०७९ १७:४०
18
SHARES
महेन्द्रनगरको शिवधामलाई नेपाली सेनाको सहयोग

धनगढी– महाशिवरात्री तथा २६० औं सेना दिवसको पुर्वसन्ध्यामा नेपाली सेनाले कञ्चनपुरको महेन्द्रनगरस्थित शिवधाम परिसर सरसफाइका साथै बटुकहरूलाई कम्बल वितरण गरेको छ।

यहाँस्थित नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले शिवधाममा आश्रय लिएर कर्मकाण्ड अध्ययनरत बटुकहरूलाई सहज बसाइका लागि १७ थान कम्बल वितरण गरेको हो।

श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी पुरुषोत्तम ढकालले शिवधाम क्षेत्र विकास समितिका अध्यक्ष हेमविक्रम थाापालाई कम्बल हस्तान्तरण गरेको सेनाले जनाएको छ।

सो अवसरमा सेनाले शिवधाम परिसरको सरसफाइ, रंगरोगनसमेत गरेको छ।

महाशिवरात्री र सेना दिवसका अवसरमा स्थान विशेषका विभिन्न मठ मन्दिरहरूको सरफाइ तथा मर्मत आएको सेनाले उक्त कामलाई निरन्तरता दिएको बाहिनीपति सहायकरथी ढकालको भनाइ छ।

यस्तै शिवधाम क्षेत्र विकास समितिका अध्यक्ष हेमविक्रम थापाले नेपाली सेनाबाट धर्म संस्कृति जगेर्ना गर्न निरन्तर रूपमा सहयोग तथा सुझाव पाएको भन्दै उच्च प्रशंसा गरे।

सेना दिवस शनिबार मुलुकभर सेनाले विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ।

प्रकाशित: ५ फागुन २०७९ १७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 8 =