राप्रपा नेपालको देशव्यापी प्रशिक्षण

हिमाल प्रेस ५ फागुन २०७९ १५:५९
24
SHARES
राप्रपा नेपालको देशव्यापी प्रशिक्षण

काठमाडौँ- राप्रपा नेपालले देशव्यापी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। जनवर्गीय संगठनका पदाधिकारी, सदस्यहरू सहभागी हुने प्रशिक्षणको आज (शुक्रबार) अध्यक्ष कमल थापाले उद्घाटन गरे।

उनले वैचारिक रूपमा प्रतिबद्ध र निष्ठावान कार्यकर्ताका लागि प्रशिक्षणलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने बताए। प्रशिक्षण कर्मकाण्डी नभई विषयकेन्द्रित र प्रभावकारी हुनुपर्ने उनको भनाइ छ।

कार्यक्रममा राजानीतिक कार्यदिशा, सम्वर्द्धनवादी दर्शन र जनवर्गीय संगठनको भूमिकाका विषयमा कमल थापा, सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रको आवश्यकताबारे डा. विष्णु भण्डारी, पार्टी संगठन निर्माण र परिचालनबारे राजाराम बर्तौला ‘चुनेली’ तथा नेतृत्व विकासका विषयमा प्राध्यापक नरप्रसाद थापाले प्रशिक्षण दिएको प्रशिक्षण विभाग प्रमुख एवं महामन्त्री सुशील श्रेष्ठले जानकारी दिए।

संगठन निर्माण र प्रशिक्षण कार्यलाई समानान्तर रूपमा देशव्यापी सञ्चालन गरिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

प्रकाशित: ५ फागुन २०७९ १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 9 =