अनेरास्ववियु स्थापनादेखि अहिलेसम्म नेतृत्वमा कोको?

हिमाल प्रेस ५ फागुन २०७९ ७:११
252
SHARES
अनेरास्ववियु स्थापनादेखि अहिलेसम्म नेतृत्वमा कोको?

काठमाडौँ- वामपन्थी विचारधारासँग आस्था राख्ने अनेरास्ववियु २०२२ सालदेखि सक्रिय छ। २०३६ साल, २०४६ साल र २०६२/६३ को आन्दोलनमा सक्रिय यो संगठनले कुनै बेला विद्यार्थी आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको थियो।

वामपन्थी दलको ‘नर्सरी’ को रूपमा चिनिने यो संगठनको सक्रियता विगतमा जस्तो देखिँदैन। त्यसैले नेतृत्व चयनमा पनि पार्टीको हस्तक्षेप हुँदै आएको छ। नेतृत्व क्षमता भएका र शैक्षिक आन्दोलन बुझेका विद्यार्थीहरू विद्यार्थी संगठनप्रति आकर्षित हुन छाडेका छन्।

पछिल्ला दिनमा वामपन्थी दल विभाजित हुँदा त्यसको असर अनेरास्ववियुलाई पनि पर्दै आएको छ। त्यसैले नेकपाका नाममा धेरै वामपन्थी दल भएजस्तै अनेरास्ववियुका भिन्नभिन्न धार अस्तित्वमा छन्।

अनेरास्ववियुको पहिचान भने नेकपा एमालेको विद्यार्थी भ्रातृ संगठनका रूपमा छ। यो संगठनको बिहीबार सम्पन्न २३ औँ राष्ट्रिय सम्मेलनले समिक बडालको अध्यक्षतामा नयाँ नेतृत्व पाएको छ। यहाँ अनेरास्ववियु गठनदेखि हालसम्मका अध्यक्षहरूको नामावली दिइएको छ।

२०२२ जेठ १ गते सुजन खरेलको नेतृत्वमा अनेरास्ववियुको स्थापना

२०२५ वैशाख ६-८ गते दोस्रो राष्ट्रिय सम्मेलन, संयोजकमा विश्वकान्त मैनाली

२०२६ जेठ २० गते तेस्रो राष्ट्रिय सम्मेलन, संयोजकमा गोविन्दमान श्रेष्ठ

२०२९ असार ३-५ गते चौथो सम्मेलन, अध्यक्ष मुकुन्दबहादुर श्रेष्ठ

२०३६ चैत ९-११ पाँचौँ सम्मेलन, अध्यक्ष टंक कार्की

२०३८ चैत १२-१४ गते काठमाडौँमा छैटौँ सम्मेलन, अध्यक्ष फेरि टंक कार्की

२०३९ गौरी प्रधानको संयोजकत्वमा केन्द्रीय कमिटी गठन

२०४० चैत १४-२० सातौँ सम्मेलन, अध्यक्ष रामप्रसाद ज्ञवाली

२०४२ चैत ९-१५ आठौँ सम्मेलन, अध्यक्ष चन्द्र भण्डारी

२०४४ चैत ९-१५ नवौँ सम्मेलन, अध्यक्ष तुलबहादुर गुरुङ

२०४७ जेठ २४-२८ दसौँ सम्मेलन, अध्यक्ष तुलबहादुर गुरुङ

२०४८ चैत १-७ एघारौँ राष्ट्रिय सम्मेलन, अध्यक्ष शंकर पोखरेल

२०५० चैत २५-३१ गते १२ औँ सम्मेलन, अध्यक्ष रामनाथ ढकाल

२०५२ चैत २०-२६ गते १३ औँ सम्मेलन, अध्यक्ष योगेश भट्टराई

२०५४ मा एमाले विभाजन हुँदा अनेरास्ववियु (माले) को नेतृत्वमा योगेश भट्टराई र अनेरास्ववियु (एमाले) को नेतृत्वमा अरुण नेपाल

२०५५ भदौ २५-२९ गते अनेरास्ववियु (एमाले) को १४ औँ महाधिवेशनबाट हिक्मत कार्की अध्यक्ष

२०५५ मंसिर २४-२९ गते अनेरास्ववियु (माले) को १४ औँ महाधिवेशनबाट योगेश भट्टराइई अध्यक्ष

२०५७ असोज १-७ गते अनेरास्ववियु (एमाले) को १५ औँ सम्मेलनबाट राजेन्द्रकुमार राई अध्यक्ष

२०५७ वैशाख ५-८ अनेरास्ववियु (माले) को १५ औँ सम्मेलनबाट रवीन्द्र अधिकारी अध्यक्ष

२०५८ फागुनमा नेकपा (एमाले) र मालेको एकतापछि विद्यार्थी संगठनमा एकता

२०५९ भदौ १७-२१ गते १६ औँ महाधिवेशनबाट एकताको अध्यक्ष राजेन्द्र राई।

२०६१ असोज १७-२१ गते १७ औँ महाधिवेशन, अध्यक्ष खिमलाल भट्टराई

२०६३ असोज २-५ गते १८ औँ महाधिवेशन, अध्यक्ष ठाकुर गैरे

२०६५ असोज ४-१० गते १९ औँ महाधिवेशन, अध्यक्ष रामकुमारी झाँक्री

२०६७ असोज १५-१८ गते २० औँ महाधिवेशन, अध्यक्ष माधव ढुंगेल

२०७० असोज २-८ गते २१ औँ महाधिवेशन, अध्यक्ष किशोरविक्रम मल्ल

२०७२ माघ २७-३० गते २२ औँ सम्मेलन, अध्यक्ष नवीना लामा

२०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुको २०७६ जेठ ३ गते ऐन महर संयोजक

२०७९ फागुन २-५ २३ औँ सम्मेलन, समिक बडाल

 

प्रकाशित: ५ फागुन २०७९ ७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =