बाँके हात्तीपाइले रोगको उच्च जोखिममा

हिमाल प्रेस ४ फागुन २०७९ १७:४४
12
SHARES
बाँके हात्तीपाइले रोगको उच्च जोखिममा

बाँके– बाँके जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ। स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले जिल्लामा हात्तीपाइले रोगको जोखिम बढी भएकाले निवारणका लागि अभियान चालिएको बताइन्।

उनले अभियानलाई प्रभावकारी बनाउन सबैको महत्त्वपूर्ण भूमिका हुने भएकाले यस अभियानलाई सफल बनाउन सबैसमक्ष आग्रह गरिन्। रोग निवारणका लागि हात्तीपाइलेविरुद्धको औषधि सेवन एक मात्र उपाय भएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति दुर्गा गौतमले जानकारी दिइन्।

खानेले औषधि खाइरहने र नखानेले औषधि नखाइदिने गरेका कारण हात्तीपाइले रोगविरुद्धको अभियान प्रभावकारी हुननसकेको उनको भनाइ छ। यो अभियान यही फागुन ११ देखि सुरु हुँदैछ।

यस पटक जिल्लामा ६ लाख १६ हजार ६ सय ९५ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्रोत व्यक्ति गौतमले जानकारी दिए। उनले गर्भवती र सुत्केरी बाहेक सबैलाई औषधि सेवन गर्न आग्रह गरे।

नेपालगञ्ज उपमहानगरपालिकामा १ लाख ७० हजार ५ सय ९८ जना, कोहलपुर नगरपालिकामा १ लाख २ हजार ९ सय ४ जना, खजुरा गाउँपालिकामा ६५ हजार ३ सय ७ जनालाई औषधि खुवाउने लक्ष्य रहेको छ।

यस्तै जानकी गाउँपालिकामा ४७ हजार ७ सय ३३, डुडुवा गाउँपालिकामा ४४ हजार १ सय ४४, नरैनापुर गाउँपालिकामा ४४ हजार ८ सय ७, बैजनाथ गाउँपालिकामा ७१ हजार ८ सय ६१ र राप्तीसोनारी गाउँपालिकामा ६९ हजार ३ सय ४१ जनालाई औषधि खुवाइने भएको छ।

बाँके हात्तीपाइले रोगको उच्च जोखिममा रहेकाले औषधि सेवन नै यसको न्यूनीकरण भएको स्वास्थ्य कार्यालयका प्रमुख पौडेलले बताइन्। -रासस

प्रकाशित: ४ फागुन २०७९ १७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =