नेपाल लाइफद्वारा १ करोड दाबी भुक्तानी

हिमाल प्रेस ४ फागुन २०७९ १२:४९
20
SHARES
नेपाल लाइफद्वारा १ करोड दाबी भुक्तानी

काठमाडौँ- जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड १ लाखको दाबी भुक्तानी गरेको छ।

पोखरा उपमहानगरपालिका १७ की बिमित संगिता शाहीको माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा पर्दा निधन भएको थियो।

बालाजु शाखामा आयोजित कार्यक्रममा मृतकले इच्छाइएको व्यक्ति उनको आमा कोपिला घर्ती क्षेत्रीलाई कम्पनीले १ करोड १ लाखको चेक हस्तान्तरण गरेको छ।

शाहीले नेपाल लाइफको बालाजु शाखाबाट गत भदौ २९ गते ५० लाख बीमांक भएको जीवन साहारा बिमा योजना लिएकी थिइन्।

प्रकाशित: ४ फागुन २०७९ १२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =