भण्डारीको अवस्था जटिल, उपचारका लागि देशबाहिर लैजान अस्पतालको आग्रह

हिमाल प्रेस ४ फागुन २०७९ ९:३९
10
SHARES
भण्डारीको अवस्था जटिल, उपचारका लागि देशबाहिर लैजान अस्पतालको आग्रह

काठमाडौँ- नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीलाई उपचारका लागि भारतका अस्पतालमा लैजान कीर्तिपुर अस्पतालले सिफारिस गरेको छ।

बुधबार राति ग्यास सिलिन्डर पड्केर गम्भीर घाइते भएका भण्डारी र उनकी आमालाई अस्पतालले स्रोतसाधन भएको सुविधायुक्त अस्पतालमा उपचारमा तत्काल लैजान अनुरोध गरेको हो।

अस्पतालका अनुसार नेता भण्डारीको अनुहार, हात र खुट्टामा जलेको छ भने उनकी आमाको शरीरको अधिकांश भागमा जलेको छ। भण्डारीको ३० प्रतिशत भाग र उनकी आमाको ७० प्रतिशत भाग जलेको छ। घाइते भएपछि राति नै उनीहरूलाई कीर्तिपुर अस्पताल पुर्‍याइएकी थियो। अन्य विभिन्‍न अस्पताल पुर्‍याएर उपचार सम्भव नभएपछि राति १० : ३० मा कीर्तिपुर पुर्‍याइएकी हो।

प्रकाशित: ४ फागुन २०७९ ९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =