भारतका पाँच पूर्वप्रधानसेनापति किन आउँदैछन्?

हिमाल प्रेस ३ फागुन २०७९ १७:३५
164
SHARES
भारतका पाँच पूर्वप्रधानसेनापति किन आउँदैछन्?

काठमाडौँ- नेपाली सेनाले पहिलो पटक गर्न लागेको ‘चिफ कन्क्लेभ’ कार्यक्रममा सहभागी हुन भारतबाट पाँच पूर्वप्रधासेनापतिहरू नेपाल आउने भएका छन्। उनीहरू फागुन ६ भित्र आइपुग्नेछन्। नेपालीसेनाले आफ्नो स्थापनामा भारतीय पूर्वसेनाध्यक्ष निम्त्याउने गरेको भए पनि चिफ कन्क्लेभ भने गरेको थिएन।

सेना दिवसमा सहभागी हुनभन्दा पनि उनीहरू विशेष गरेर ‘चिफ कन्क्लेभ’मा सहभागी हुन आउन लागेका हुन्। नेपाली सेना दुई दिनपछि २६० वर्ष पुग्नेछ। त्यसको उपलक्ष्यमा सेनाले विविध कार्यक्रम गर्दै आए पनि यसपटक गर्न लागिएको ‘चिफ कन्क्लेभ’लाई मुख्य चासोका रुपमा लिइएको छ।

कन्क्लेभमा समूहगत अन्तरक्रिया हुनेछ। नेपाल र भारतका सेना, विश्व परिवेश लगायतको विषयमा बहस र छलफल त्यहाँ हुनेछ। सेना भित्र गरिने यो एक प्रकारको एकेडेमिक कार्य पनि भएकाले अधिक पूर्व सेनाध्यक्ष सहभागी हुन लागेका हुन्।

प्रधानसेनापति प्रभुराम शर्माले विशेष निमन्त्रणामा उनीहरू नेपाल आउँदैछन्।

उनीहरूले सैन्य मञ्चमा हुने सेनाको गतिविधिलाई नियाल्नेछन्। छिमेकी भारतका सेना प्रमुखहरू नेपालको अनोररी महारथीसमेत हुने हुनाले उनीहरूलाई यस्ता कार्यक्रममा निम्ता गरिएको हुन्छ। ११ पूर्वसेनापति र वर्तमान सेनाध्यक्षलाई नेपाली सेनाले निम्तो दिएको भए पनि पाँच पूर्व सेनाप्रमुखहरू मात्रै आउने पक्का भएको हो।

उनीहरूले नेपाली सेनासँग अन्तरक्रिया गर्ने छन् भने यहाँको राजनीति अवस्थाबारेमा पनि जानकारी राख्ने छन्। भारतीय सेनाका अवकाशप्राप्त सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथीहरू यसरी नेपाल आउन पाउँदा खुसीसमेत भएका छन्। नेपाल आउन लागेकाहरूमा जोगिन्दर जसवन्त सिंह, विश्वनाथ शर्मा, दीपक कपुर, दलवीर सिंह र मनोजमुकुन्द नरवणे छन्।

उनीहरू सबै भारतमा सेनाध्यक्ष रहँदा नेपालतर्फ उनीहरूको काउन्टर पार्टको रुपमा रहेको सेनाप्रमुखहरू पनि त्यही छलफलमा हुने हुनाले उनीहरू निकै उत्साहित रहेको नेपाली सेनाले जनाएको छ।

सेनाका प्रवक्ता एवं सहकायक रथि कृष्णप्रसाद भण्डारीले पाँच अवकास प्राप्त भारतीय स्थल सेनाध्यक्ष नेपाल आउन लागेको बताए। कूटनतिक स्रोतअनुसार बहालवाला सेना प्रमुख भने सेना दिवसको अवसरमा नेपाल नआउने बताएका छन्। भारतमा रहेर नेपाल हेर्ने दूतावासका सैनिक सहचारी (कर्णेल र सहायक रथि स्तरका) पनि नेपाल आउँदैछन्।

काठमाडौँमा रहेका सैनिक सहचारीहरू पनि नेपाली सेनाको निम्तामा सहभागी हुनेछन्। सेनाले गर्ने बडाइँमा भन्दा पनि कन्क्लेवललाई नियालेर भारतीय अवकास प्राप्त अधिकारीहरू आउन लागेका हुन। उनीहरूको सम्मानमा सेनाले सांस्कृतिक कार्यक्रमसमेत राखेको छ।

‘हामीले विभिन्न कार्यक्रम गर्दै आएका छौँ, गर्नेछौँ। फागुन ७ मा हुन लागेको चिफ कन्क्लेभ पनि त्यसैमध्येको एक प्रमुख कार्यक्रम हो,’ सैनिक प्रवक्ता भण्डारीले भने, ‘उहाँहरू फागुन ६ बिहानसम्म सबै आइपुग्नु हुनेछ। ७ गते सैनिक मञ्चमा परमाधिपति (राष्ट्रपति)सहित हुने कार्यक्रममा सहभागी हुनुहुनेछ।’

नेपाली र भारतीय सेनाबीचको विशेष परम्परागत सम्बन्ध रहेको र त्यसकै आधारमा नेपालले भारतको र भारतले नेपाली सेनाको मानर्थ माहारथि लिने चलन छ। सेना प्रमुखको जिम्मेवारी सम्हालेपछि केही महिनाभित्रै अर्को मुलुक गएर राष्ट्रपतिबाट मानार्थ महारथीको लिँदै आएका छन्।

भारतीय सेनाले लामो समयदेखि नेपाली सेनाका वर्तमान र अवकाशप्राप्त प्रधानसेनापतिलाई नयाँदिल्लीमा बोलाएर चिफ कन्क्लेभ गर्दै आइरहेकोमा नेपालले पनि त्यस्तै कार्यक्रम गर्न लागेको हो।

प्रकाशित: ३ फागुन २०७९ १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =