जापानमा शैक्षिक तथा व्यापार औद्योगिक अनलाइन सेमिनार सम्पन्न

हिमाल प्रेस ३ फागुन २०७९ १६:४५
12
SHARES
जापानमा शैक्षिक तथा व्यापार औद्योगिक अनलाइन सेमिनार सम्पन्न

जापान- जापानमा शैक्षिक तथा व्यापार औद्यागिक अनलाइन सेमिनार आयोजना गरिएको छ। एरु एकेडेमी ओसाका र क्योउदाइ रेमिट्यान्स-आईएमइको संयुक्त आयोजनामा सेमिनार गरिएको हो। ‘नेपाल जापान शैक्षिक तथा व्यापार औद्योगिक अनलाइन सेमिनार’ जापानमा पहिलोपटक गरिएको आयोजकले जानकारी दिएको छ। ओसाका पर्यटन ब्यूरो, मानव संसाधन विकास र एशिया औद्योगिक व्यापार निर्माण प्लेटफर्म लगायतका कम्पनी तथा संस्थासँगको सहकार्यमा सेमिनार गरिएको आयोजकको भनाइ छ।

सेमिनारमा जापान र नेपालका पर्यटन, होटल, इन्सोरेन्स, रेस्टुरेन्ट उद्योग, स्पेसिफाइड स्किल वर्कर, आईटी, उत्पादन उद्योग, रियल एस्टेट तथा मानव संसाधन र नेपालका शैक्षिक संस्थासँगको सहकार्यमा ७० भन्दा बढी कम्पनीको सहभागिता थियो । सेमिनारमा जापानको तर्फबाट एरु एकेडेमीका अध्यक्ष केईइची हासेगावा, चेयरमेन माकोतो साकिमुरा क्योउदाइ रेमिट्यान्सका चेयरमेन तथा नेपाली राजदुतावास जापान फुकुओकाका वाणिज्य दूत किमोतो युइचिरोले सम्बोधन गरेका थिए।

नेपालको तर्फबाट आईएमइ ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकाल, आईजीसी ग्रुप अफ कम्पनीका चेयरमेन गणेशमान लामा र काठमाडौँ विश्व विद्यालयका एकेडेमिआ इण्डस्ट्री समन्वय विभाग निर्देशक डा. राम लामाले सम्बोधन गरेका थिए। आईएमइ ग्रुपका संस्थापक एवं प्रबन्ध निर्देशक ढकालले जापानले नेपालबाट भाषा विद्यार्थी, सामान्य कामदार मात्रै नभएर आईटी लगायत क्षेत्रको हाइस्किल्ड म्यानपावर पनि लिन सक्ने बताए।

प्रकाशित: ३ फागुन २०७९ १६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =