निफको निर्णायकमा जेफ मोनाहान र एतानी बोर्जन

हिमाल प्रेस ३ फागुन २०७९ १३:२८
16
SHARES
निफको निर्णायकमा जेफ मोनाहान र एतानी बोर्जन

काठमाडौँ- आगामी चैत २ देखि ६ (मार्च १६-२०) सम्म आयोजना हुने छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)’को निर्णायकमा अमेरिकाका जेफ मोनाहान मनोनीत भएका छन्। उनी अभिनेता, पटकथा लेखक, निर्देशक र निर्मातासमेत हुन्।

मनोरञ्जन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका मोनाहनको ‘आउटसाइडर्स’ प्रसिद्ध छ। ‘लास्ट फ्ल्याग फ्लाइङ’का लागि पनि उनले प्रशस्तै प्रशंसा बटुलेका छन्। त्यस्तै टेलिभिजन श्रृंखला ‘बेभर्ली हिल्स टुडे’ लगायत थुप्रैमा उनले काम गरेका छन्।

निफको निर्णायक प्रमुखमा यसअघि फिचर फिल्मतर्फ भारतीय फिल्मका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार र सदस्यमा नेपाली अभिनेत्री प्रियंका कार्की मनोनीत भइसकेका छन्।

त्यस्तै प्राडा एतानी बोर्जन छोटो तथा वृत्तचित्रतर्फको निर्णायक मनोनीत भएकी छन्। एतानी प्रसिद्ध फिल्म विशेषज्ञ र शिक्षाविद् हुन्। क्रोएसियाको जाग्रेब विश्वविद्यालयमा उनले लामो समय वृत्तचित्र, विश्व सिनेमाको इतिहास र सिद्धान्त पढाएकी छन्। सन् २०१३ मा उनको ‘अदर्स अन स्क्रिन’ नामक पुस्तक प्रकाशित भएको थियो।

छोटो तथा वृत्तचित्रतर्फको प्रमुखमा यसअघि बेइजिङ फिल्म एकेडेमीकी डिन ली रान र सदस्यमा माया एनिमेसन एकेडेमी र माया स्टुडियोका संस्थापक निर्देशक इन्द्रलाल बलामी सदस्यमा मनोनीत भएका छन्।

निफ २०२३ मा ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्म छनोट भएका छन्। जसमध्ये सात विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ।

महोत्सवमा नेपालसहित बांग्लादेश, इरान, चीन, मेक्सिको, भारत, जापान, ब्राजिल, अमेरिका, साउथ कोरिया, कजाकिस्तान, टर्की, सर्बिया, इन्डोनेसिया, जर्मनी, क्यानडा, इजिप्ट, थाइल्यान्ड, रुस, नेदरल्यान्ड्स, इटली, फ्रान्स, अस्ट्रेलिया, मलेसियालगायत देशका फिल्म, डकुमेन्टी, सर्ट फिल्म, एनिमेटेड फिल्म देखाइनेछन्।

नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले आयोजना गर्ने निफका फिल्म क्युएफएक्स सिनेमाजमा देखाइनेछन्। फिल्म प्रदर्शनबाहेक निफमा अन्तरक्रिया, गोष्ठीलगायत एक दर्जन बढी रचनात्मक कार्यक्रम हुनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =