कैलाली पुगे प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस १ फागुन २०७९ १२:३०
4
SHARES
कैलाली पुगे प्रधानमन्त्री प्रचण्ड तस्बिरः रासस

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली पुगेका छन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि उनी पहिलोपटक सुदूरपश्चिम पुगेका हुन्।

यसअघि उनले फागुन १ गतेदेखि विकास आयोजनाहरूको निरीक्षण र अनुगमनका लागि आफ्नो पहिलो भ्रमण सुदूरपश्चिमको कैलाली र कञ्चनपुर हुने बताएका थिए। सोहीअनुसार उनी विभिन्न आयोजनाको अनुगमनका लागि सुदूरपश्चिम पुगेका हुन्।

यहाँ उनले गेटास्थित मेडिकल कलेजको निरीक्षण, महेन्द्रनगरस्थित सुक्खा बन्दरगाह निरीक्षण, कैलाली महोत्सव उद्घाटनलगायतका कार्यक्रममा सहभागी हुनेछन्।

प्रकाशित: १ फागुन २०७९ १२:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =