लगानीकर्ता भन्छन् : राजनीतिक ‘इगो’ले पुँजीबजार धराशयी बनाइयो

हिमाल प्रेस १ फागुन २०७९ ११:१४
6
SHARES
लगानीकर्ता भन्छन् : राजनीतिक ‘इगो’ले पुँजीबजार धराशयी बनाइयो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा अपेक्षाअनुसार माग सम्बोधन नगरेको लगानीकर्ताहरूले बताएका छन्।

माघ २८ गते राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामा पुँजीबजारमा देखिएको नीतिगत समस्या सुधार हुने अपेक्षा लगानीकर्ताको थियो।

चालु आवको मौद्रिक नीतिमार्फत् सेयर मार्जिन धितो कर्जामा ४/१२ करोडको सीमालाई आंशिक सम्बोधन गरिएको थियो। ४ करोडको सीमा खारेज भए पनि सेयर धितोमा १२ करोडको सीमा कायम छ।

नेपाल इन्भेस्टर फोरमका पूर्वअध्यक्ष तथा सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले लगानीकर्ताको माग सम्बोधन नगरेर राष्ट्र बैंकले उपेक्षा गरेको आरोप लगाए। उनले अर्थतन्त्रमा असहज हुँदा ल्याइएका नीति पुनरवलोकन नहुनु गलत भएको बताए।

सेयर बजारमा संस्थागत लगानीकर्ताको उपस्थिति न्यून रहेको भन्दै व्यक्तिगत लगानीकर्ताको तुलनामा ६ देखि ७ प्रतिशत पनि नरहेकाले सरकारले प्रोत्साहन गर्न आवश्यक रहेको पौडेलले धारणा राखे।

त्यस्तै, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिनुपर्ने भन्दै राष्ट्र बैंक निर्देशिकामा सम्बोधन गर्ने आशा बाँकी रहेको बताइन्।

‘मौद्रिक नीतिमा त हाम्रा माग सम्बोधन भएनन्,’ उनले भनिन्, ‘१२ करोडसम्मको कर्जाको सीमाले सेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई तत्काल फिर्ता गर्नुपर्छ।’ पोखरेलले राजनीतिक ‘इगो’को कारण पुँजीबजार धराशयी बनाउने काम भइरहेको बताइन्। -न्यूज एजेन्सी नेपालको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 11 =