उवासंघ इटहरीको अध्यक्षमा पराजुली निर्वाचित

हिमाल प्रेस २९ माघ २०७९ २१:२०
10
SHARES
उवासंघ इटहरीको अध्यक्षमा पराजुली निर्वाचित

इटहरी– उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा जीवन पराजुली निर्वाचित भएका छन्। निर्वाचन समितिका सदस्य पोषराज नेपालका अनुसार अन्तिम मतपरिणाममा पराजुलीले १,१८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

यस्तै अध्यक्षकै उम्मेदवार रञ्जु सिग्देल (चौलागाईं)ले ८४७ मत प्राप्त गरिन्। यस्तै, गायत्री कटवाल (भण्डारी) ले ५६३ मत प्राप्त गरिन् भने मणीन्द्रकुमार कटवालले ४० मत प्राप्त गरे।

महिला सदस्यतर्फ सविना कोइराला (शोभा) १,२४९ मत र मीना ढकाल ९१६ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उद्योगतर्फ भने अभिषेक बस्नेतले २५५, राजेन्द्रकेशरी घिमिरेले २१८, विष्णुनारायण डाँगीले २०६ र दिलीप पराजुलीले १७५ मत प्राप्त गर्दै निर्वाचित भए।

वस्तुगततर्फ विनोद पौडेलले १५ र उमानाथ दाहालले १३ मत प्राप्त गर्दै निर्वाचित भए।

वाणिज्यतर्फ भने सिनेट रिजाल १,२८१ मत, राकेश श्रेष्ठ १,०२२ मत, ध्रुव अधिकारी ९०४ मत, बलबहादुर न्यौपाने ८८४ मत, सञ्जय शाह ८८१ मत, अशोक अग्रवाल ८३४ मत, शन्नी चौधरी ८२६ मत, सुरेश कार्की ८२४ मत र ढुण्डीराज गुरागाई ८१२ मतसहित वाणिज्य सदस्यमा निर्वाचित भएका छन्।

अध्यक्ष पदमा कूल २,७९० मत खसेको थियो। महिलातर्फ २ हजार ७९०, वाणिज्यतर्फ २ हजार २९०, उद्योगतर्फ ४५३, वस्तुगततर्फ २२ र एसोसिएटतर्फ ३६ मत खसेको थियो। यसअघि एसोसिएटतर्फ राजीव घिमिरे निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रकाशित: २९ माघ २०७९ २१:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 7 =