दशरथ रंगशालामा गोल गरेपछि पहिलो पटक मेरो नाम छापियो : गगन थापा

'खेलकुद विकासका लागि स्थानीय सरकार नै अघि सर्नुपर्छ'

हिमाल प्रेस २८ माघ २०७९ २०:०३
12
SHARES
दशरथ रंगशालामा गोल गरेपछि पहिलो पटक मेरो नाम छापियो : गगन थापा फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले खेलकुदको विकासका लागि स्थानीय सरकारले आवश्यक पहल गर्नुपर्ने बताएका छन्।

शनिबार गोदावरी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेलकुद महोत्सव-२०७९ अन्तर्गत राष्ट्रिय कराते प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

स्थानीय सरकारसँगै राम्रोसँग निजी क्षेत्रले सहयोग र साथ दिएमा खेलकुदको विकास हुन समय नलाग्ने उनको भनाइ छ।

‘नेपालको राजनीतिमा राजनीति पेशा होइन, राजनीति सेवा हो। कसैलाई पनि मानवता एकदमै ठूलो लाग्छ भने त्यसको लागि राजनीति उच्चतम कदम हो। बोलेको कुरालाई व्यवहारमा उतार्ने कुरा मुख्य हो। नेपालको राजनीतिमा कृष्णप्रसाद भट्टराईलाई कसैसँग तुलना गर्न मिल्दैन। यस्तो व्यक्तित्वलाई सम्झिएर उनको जीवनी नयाँ पुस्तालाई बुझाउन जरुरी छ,’ उनले भने।

नेपालमा खेलकुदमा पनि जीवन छ भनेर भन्न लायक बनाउनुपर्ने भन्दै उनले स्थानीय सरकारले आफूले खेलकुदको विकासका लागि ५ वर्षमा गर्नसक्ने योजना बनाएर नै खेल विकास गर्न जरुरी रहेको औंल्याए।

खेलाडी बन्ने आफ्नो सपना रहेको सुनाउँदै दशरथ रंगशालामा गोल हानेपछि पहिलो पटक पत्रिकामा आफ्नो नाम छापिएको उनले स्मरण गरे।

प्रकाशित: २८ माघ २०७९ २०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =