प्रधानमन्त्री प्रचण्ड र बंगलादेशी राजदूतबीच भेटवार्ता

हिमाल प्रेस २७ माघ २०७९ १८:२६
6
SHARES
प्रधानमन्त्री प्रचण्ड र बंगलादेशी राजदूतबीच भेटवार्ता

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको भेटमा नेपाल र बंगलादेशबीचको सम्बन्ध र आपसी हितबारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सो अवसरमा दुई देशबीच जलविद्युत् व्यापार र सम्पर्क सञ्जालको विस्तारलगायतका विषयमा छलफल भएको सचिवालयले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eighteen =