अस्मिता र भिष्मले ल्याए ‘अम्खरामा पानी’

हिमाल प्रेस २७ माघ २०७९ १७:०४
124
SHARES
अस्मिता र भिष्मले ल्याए ‘अम्खरामा पानी’

काठमाडौँ– अस्मिता अधिकारी र भिष्म अधिकारीको स्वरमा रहेको ‘अम्खरामा पानी’ बोलको लोकगीत सार्वजनिक भएको छ। गायक अधिकारीको स्वरमा रहेको पहिलो यो गीत उनकै यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

तेजश रेग्मीको शब्द-संगीत, एचबीएन किस्मतको संगीत संयोजन रहेको गीतको भिडियोमा सुधीर श्रेष्ठ, लोमश शर्मा, स्मारिका ढकाल र लोसिना लामिछानेको फिचर्ड छ। रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन र बन्दे प्रसादले सम्पादन गरेको भिडियो सीमा रेग्मीले निर्माण गरेकी हुन्।

यसअघि अधिकारीको शब्द रहेको ‘माया टिकटके’ बोलको गीत सार्वजिनक भइसकेको छ।

हेर्नुस् भिडियो:

https://www.youtube.com/watch?v=3K–9vtbNUE

प्रकाशित: २७ माघ २०७९ १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =