प्रधानन्यायाधीश नियुक्तिका माग गर्दै संवैधानिक परिषद्लाई पत्र

हिमाल प्रेस २७ माघ २०७९ ८:०४
4
SHARES
प्रधानन्यायाधीश नियुक्तिका माग गर्दै संवैधानिक परिषद्लाई पत्र

काठमाडौँ- सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीशको नियुक्तिका लागि सिफारिस गर्न माग गर्दै संवैधानिक परिषद्लाई पत्र पठाएको छ।
सर्वोच्च बारको बुधबार बसेको बैठकको निर्णयअनुसार आज उक्त माग गर्दै लेखिएको पत्र संवैधानिक परिषद्को कार्यालयमा बुझाइएको हो।

सर्वोच्च बारका अध्यक्ष हरिशंकर निरौलाले लामो समयदेखि कामुको भरमा सर्वोच्च अदालत चलिरहेको हुनाले तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न माग गरेर पत्र संवैधानिक परिषद्मा बुझाएको जानकारी दिए।

संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने संवैधानिक व्यवस्था छ।

प्रकाशित: २७ माघ २०७९ ८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =