खेलकुद क्षेत्रलाई विस्तार र व्यवस्थित गर्न आवश्यक : पूर्णबहादुर खड्का

हिमाल प्रेस २६ माघ २०७९ १९:१३
4
SHARES
खेलकुद क्षेत्रलाई विस्तार र व्यवस्थित गर्न आवश्यक : पूर्णबहादुर खड्का

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली खलेकुद क्षेत्रलाई विस्तार र व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन्।

गोदावरी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेलकुद महोत्सव-२०७९, दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेपालले कराते खेलको क्षेत्रमा पनि उल्लेख्य प्रगति गरिरहेको उनको भनाइ छ। नेपाली खेलाडीहरूले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न पदक प्राप्त गरेर नेपालको गौरव बढाउनुका साथै खेल क्षेत्रलाई पनि उचाइमा पुर्‍याएको उनले उल्लेख गरे।

खेलकुदको विकासका लागि, खेलाडीहरूको उन्नति, प्रगतिका लागि सबै राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको उनले बताए।

नेपालको खेलकुदको विस्तार गर्न र खेलाडीहरू प्रतिष्पर्धी रूपमा अघि बढाउन हौसला प्रदान गर्न सहयोग र सद्भावका कार्यहरूमा राज्यको तर्फबाट र राजनीतिक दल र राजनीतिक नेतृत्वको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता
जनाए।

‘नेपालको कराते खेलले, करातेसँग सम्बन्धित खेलाडीहरूले र गुरुहरूले गरेको संयुक्त प्रयास र प्रयत्नबाट करातेको स्वर्णीम इतिहास प्रारम्भ भएको इतिहास छ। अहिले त्यसलाई तीव्र गतिमा अघि बढाउनुभएको छ। अन्तर्राष्ट्रिय विभिन्न प्रतियोगितामा नेपाली खेलाडीहरूले स्वर्णपदक, रजत पदक, कांस्य पदक प्राप्त गरिरहनुभएको छ,’ उनले खेलाडीहरूको प्रशंसा गर्दै भने।

नेपालको राजनीतिक इतिहासलाई जीवित बनाउन स्व.कृष्णप्रसाद भट्टराईको स्मृतिमा यस प्रकारका खेलकुद प्रतियोगिता हुनुले नेता भट्टराईको खेल जगतसँगको सामीप्यतालाई उजागर भएको खड्काले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =