राजनीतिक संयन्त्रको बैठक स्थगित, प्रचण्ड-ओलीबीच सिंहदरबारमा छलफल

हिमाल प्रेस २६ माघ २०७९ १६:२५
8
SHARES
राजनीतिक संयन्त्रको बैठक स्थगित, प्रचण्ड-ओलीबीच सिंहदरबारमा छलफल फाइल तस्बिर

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता सुरु भएको छ। पार्टी कार्यालय च्यासलमा एमालेको सचिवालय चल्दै गर्दा अध्यक्ष ओली सिंहदरबार पुगेर प्रचण्डलाई भेटेका हुन्। भेटमा राष्ट्रपति चयनका विषयमा छलफल हुने बताइएको छ।

बिहीबार अपराह्न बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएपछि सत्तागठबन्धनका दुई शीर्ष नेताहरूबीच सिंहदरबारमा वार्ता सुरु भएको हो।

सरकारलाई समर्थन दिएको नेपाली कांग्रेसले पनि राष्ट्रपति पदमा दाबी गर्ने भएपछि प्रचण्ड नेतृत्वको सरकार गठनअघि एमाले र नेकपा माओवादीबीच भएको सहमति कार्यान्वयन गर्न ओलीले जोड दिने छन्।

प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेले पाउने सहमति भएको थियो। यसैबीच छलफलका लागि ओली सिंहदरबार पुगेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सुदूरपश्चिम प्रदेश सरकारका विषयमा पनि छलफल भइरहेको छ।

एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत लिने बिहीबार अन्तिम दिन भए पनि नागरिक उन्मुक्ति पार्टी विश्वासको मत नदिने पक्षमा उभिएपछि त्यहाँको सरकार संकटमा परेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =