खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउनुपर्छ : सभामुख

हिमाल प्रेस २६ माघ २०७९ १५:१६
12
SHARES
खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउनुपर्छ : सभामुख

काठमाडौँ- सभामुख देवराज घिमिरेले खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउन सके राष्ट्र र राष्ट्रियता माथि उठ्ने बताएका छन्।

बिहीबार सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालले आयोजना गरेको १३ औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदले शारीरिक, मानसिक विकास मात्रै नभई सहकार्यलाई पनि बढाउन सहयोग गर्ने बताएका हुन्।

‘नेपालले खेलकुदमा केही प्रगति गरिरहेको छ, उल्लेखनीय भूमिका निभाउँदै आएको छ,’ उनले भने, ‘यसलाई सुव्यवस्थित ढंगबाट खेललाई विकास गर्न योगदान पुर्‍याउनेछ। खेलले हाम्रो आत्मीयता र गौरवलाई अघि बढाउनेछ।’

प्रकाशित: २६ माघ २०७९ १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + three =