बढुवा भएका उपरथीलाई दर्ज्यानी चिह्न

हिमाल प्रेस २६ माघ २०७९ १३:४१
6
SHARES
बढुवा भएका उपरथीलाई दर्ज्यानी चिह्न

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनको उपरथीमा बढुवा भएका कृष्णदेव भट्टलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। जंगीअड्डामा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानसेनापति शर्माले भट्टलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन्।

मन्त्रिपरिषद्को माघ २३ गतेको निर्णयअनुसार बढुवा भएका भट्ट प्रबन्धरथी विभागको विभागीय प्रमुखमा नियुक्ति भएका छन्। कार्यक्रममा प्रधानसेनापति शर्माले सहायक रथी दर्जामा बढुवा भएका एकजना महासेनानी र महासेनानी दर्जामा बढुवा भएका चार जना प्रमुख सेनानीलाई पनि बढुवाको दर्ज्यानी चिह्न प्रदान गरेको जंगीअड्डाले जनाएको छ।

प्रकाशित: २६ माघ २०७९ १३:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =