नयाँ विशेषतासहित ग्लोबल आइएमईको ‘मेरी उनीलाई’ मुद्दती खाता

हिमाल प्रेस २६ माघ २०७९ १२:२७
4
SHARES
नयाँ विशेषतासहित ग्लोबल आइएमईको ‘मेरी उनीलाई’ मुद्दती खाता

काठमाडौँ- ग्लोबल आइएमई बैंकले नयाँ विशेषतासहित ‘मेरी उनीलाई’ मुद्दती खाता योजना ल्याएको छ। हाल कायम ‘मेरी उनीलाई’ मुद्दती खातालाई परिमार्जन गरी यो योजना सञ्चालनमा ल्याइएको हो।

यस योजनाले महिलाको नाममा बचत गर्न वा बचत गर्ने बानी बसाल्न, व्यक्तिगत खातामा महिलालाई राम्रो प्रतिफल दिन र महिलालाई आर्थिक रूपमा सशक्त बनाउन टेवा पुग्ने बैंकले जनाएको छ।

दुई लाख रुपैयाँ न्यूनतम मौज्दातमा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दती खातामा आकर्षक ब्याज प्राप्त हुनेछ। यो खाता ६ महिनादेखि २ वर्षसम्मको लागि खोल्न सकिने छ।

बचत गर्ने बानीलाई प्रोत्साहन गर्न यो योजनामा ५० हजार रुपैयाँभन्दा माथिको रकम आवश्यकताअनुसार म्याद पुग्न ३ महिना अगाडिसम्म थप गर्दै जान सकिने व्यवस्था पनि रहेको छ।

यस खातासँगै बैंकले निक्षपकर्ताको ५ लाख रुपैयाँसम्मको दुर्घटना बिमा, २ लाख रुपैयाँसम्मको गम्भीर रोग बिमा र १ लाख रुपैयाँसम्मको औषधि उपचार बिमा उपलब्ध गराउने बैंकले जनाएको छ।

यसका साथै ग्राहकलाई पहिलो वर्षको लागि निःशुल्क डेबिट कार्ड, लकर शुल्कमा शतप्रतिशत छुट र निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा उपलब्ध हुनेछ। साथै बैंकले बचतको ९० प्रतिशतसम्म ऋण सुविधा पनि उपलब्ध गराउने बैंकको भनाइ छ।

यसै योजनाअन्तर्गत ग्राहकले घर कर्जाको सेवा शुल्कमा विशेष छुटसमेत पाउनेछन्।

प्रकाशित: २६ माघ २०७९ १२:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 3 =