चलचित्र विकास बोर्ड : धमाधम राजीनामा दिँदै सदस्य, आलोचनाको केन्द्रमा भुवन केसी

हिमाल प्रेस २६ माघ २०७९ ११:२५
20
SHARES
चलचित्र विकास बोर्ड : धमाधम राजीनामा दिँदै सदस्य, आलोचनाको केन्द्रमा भुवन केसी

काठमाडौँ- चलचित्र विकास बोर्डको सल्लाहकार समितिका संयोजकबाट नीर शाहले राजीनामा दिएका छन्। आफूलाई बोर्ड अध्यक्ष भुवन केसीले सल्लाह नलिइ जिम्मेवारी तोकेको भन्दै शाहले राजीनामा दिएका हुन्।

शाह तिनै व्यक्ति हुन्, जसले केसीलाई बोर्ड अध्यक्ष जोडबल गरेका थिए। केसीलाई अध्यक्ष बनाउन शाहले कांग्रेस प्रवेश गराउन पहल गरेका थिए। तर तिनै शाह अहिले केसीसँग असन्तुष्ट बनेका छन्। हुन केसीले नियुक्त गरेका पदाधिकारीले राजीनामा  दिएको यो पहिलो घटना भने होइन।

यसअघि  बोर्डका काम र निर्णयबाट असन्तुष्ट जनाउँदै आधा दर्जन सल्लाहकारले राजीनामा दिएका थिए।

केही दिनअघि बोर्डबाट असन्तुष्ट रवीन्द्र खड्काले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामा घोषणा गरेका थिए भने त्यसपछि दीपाश्री निरौलाले पनि राजीनामा दिएकी थिइन्।

अब बोर्डको सल्लाहकार समितिका संयोजक नीर शाहले नै राजीनामा दिएका छन्। बोर्डका विवादास्पद निर्णयका कारण समिति सदस्य असन्तुष्ट रहेको समाचार केही दिनयता बाहिरिरहेका थिए। विशेष गरी बोर्डले सल्लाहकारलाई जानकारी नदिई दुबईमा फेस्टिभल गर्न लागेकोमा धेरै सदस्य असन्तुष्ट थिए।

माघ २५ मा नीर शाहसँगै समिति सदस्य सुशान्तकुमार श्रेष्ठले पनि राजीनामा दिएका छन्। आकाश अधिकारीले पनि राजीनामा दिने तयारी गरिरहेको बुझिएको छ। पछिल्लो समय केसीको कार्यशैलीप्रति पनि प्रश्न उठाउन थालिएको छ। विवादित कार्यशैलीका कारण केसीका सहयोगीले धमाधम राजीनामा दिन थालेको बताइन्छ।

यसअघि पनि केसीको कार्यशैलीलाई लिएर कलाकारले टीकाटिप्पणी गरेका थिए। प्रेम गीत -३ को प्रदर्शनका क्रममा हिन्दी संस्करणलाई विदेशी भनेको भन्दै उनको आलोचना भएको थियो। ‘प्रेमगीत ३’ का कलाकार प्रदीप खड्काले अध्यक्ष केसीको राजीनामा समेत मागेका थिए। पछि केसी व्याक भएर हिन्दी संस्करणलाई पनि नेपाली संस्करणकै रुपमा साे दिएका थिए।

प्रकाशित: २६ माघ २०७९ ११:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =