बुटवलमा फागुन ६ देखि लनटेनिस प्रतियोगिता हुने

हिमाल प्रेस २६ माघ २०७९ ९:१५
10
SHARES
बुटवलमा फागुन ६ देखि लनटेनिस प्रतियोगिता हुने

लुुम्बिनी- आगामी फागुन ६ देखि १० गतेसम्म बुटवलमा प्रथम मेयर कप तथा पाँचौँ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता हुुने भएको छ।

बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा रुपन्देही लन टेनिस संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताको सम्पूूर्ण तयारी पूूरा भएको संघका अध्यक्ष गोपाल ज्ञवालीले बताए।

प्रतियोगितामा देशभरका एक सय बढी खेलाडीहरू विभिन्न उमेर समूहमा भाग लिने खेल संयोजक तथा निवर्तमान अध्यक्ष संजयप्रकाश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार पुरुष एकल खुला, ३५ वर्षमाथि, ४५ वर्ष, ५५ वर्ष, ६५ वर्षमाथि, महिला एकल खुला, पुरुष युगल खुला, महिला युगल खुला, पुरुष भेट्रान्स ३५ वर्षमाथि युगल, पुरुष भेट्रान्स ४५ माथि, पुरुष भेट्रान्स ५५ माथि र ६५ वर्षमाथि गरी कुल १२ इभेन्टमा सञ्चालन हुनेछ।

प्रतियोगिताको पुरुष/महिला एकलतर्फ उपाधि विजेताले नगद ६० हजार, उपविजेताले नगद ३० हजार रुपैयाँ, तृतीय दुई जना खेलाडीलाई जनही २० हजार रुपैयाँ पाउनेछन्।

एकलतर्फ नै पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेता तथा तृतीय स्थान हासिल गर्ने खेलाडीहरूलाई क्रमशः ३० हजार, १५ हजार र १० हजार रूपैयाँ, ४५ वर्षमाथिका विजेता, उपविजेता तथा तृतीय स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ, ५५ वर्षमाथि उमेर समूहको विजेता, उपविजेता र तृतीयलाई क्रमशः २० हजार, १० हजार र ५ हजार रूपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

यसैगरी ६५ वर्षमाथि उमेर समूहको विजेता, उपविजेता तथा तृतीय खेलाडीलाई क्रमशः १५ हजार, ७ हजार ५ सय तथा ५ हजार रुपैयाँ पाउनेछन्। यसैगरी पुरुष डबल्स/महिला डबल्सको उपाधि विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार रुपैयाँ पाउने आयोजकको भनाइ छ।

आयोजकको अनुसार भेट्रान्स डबल्सतर्फ ३५/४५/५५ वर्ष उमेरमाथिका विजेता, उपविजेतालाई क्रमशः १५ हजार र १० हजार रूपैयाँसहित पुरस्कृत गरिनेछ।

१२ विधामा खेलाइने प्रतियोगिताको पुरस्कारमा ५ लाख २२ हजार ५ सय रुपैयाँ तथा कुल १८ लाख ७२ हजार ५ सय रुपैया खर्च हुने अनुमान छ।

प्रकाशित: २६ माघ २०७९ ९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + four =