राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

हिमाल प्रेस २६ माघ २०७९ ७:२९
4
SHARES
राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

काठमाडौँ- सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ। बुधबार अध्यक्ष ओलीको वालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच भएको भेटवार्तामा संयन्त्रको बैठक बसाउन दुवै नेता सहमत भएका थिए।

दुई महिना नपुग्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्ड सरकारबाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिए पछि सत्तारुढ दलमा खटपट सुरु भएको अवस्थामा यो बैठक बस्न लागेको हो।

बैठकमा मुख्यतः प्रचण्ड सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा छलफल हुनेछ।

प्रकाशित: २६ माघ २०७९ ७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + seven =