योजना आयोगमा राप्रपालाई कोटा : सदस्य बने गीताभक्त जोशी

हिमाल प्रेस २५ माघ २०७९ १८:२६
10
SHARES
योजना आयोगमा राप्रपालाई कोटा : सदस्य बने गीताभक्त जोशी

काठमाडौँ– राष्ट्रिय योजना आयोगमा राष्ट्रिय प्रजातातन्त्र पार्टी (राप्रपा)को कोटाबाट गीताभक्त जोशी सदस्य नियुक्त भएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले नै जोशीलाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।

त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त प्राध्यापक रहेका राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका सदस्य पनि हुन्। योजना आयोगको उपाध्यक्षमा माओवादी कोटाबाट मीनबहादुर श्रेष्ठ नियुक्त भएका थिए। सदस्यमा माओवादीबाट रामकुमार फुयाँल र एमालेबाट कुशेन्द्र महत, सुशील ज्ञवाली नियुक्त भइसकेका छन्। राप्रपाले ऊर्जा,  कानुन र शहरी विकास मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ।

प्रकाशित: २५ माघ २०७९ १८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =