शेरबहादुर देउवाविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

हिमाल प्रेस २५ माघ २०७९ १७:०७
6
SHARES
शेरबहादुर देउवाविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी सभापति शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसलाई प्रमुखप्रतिपक्षी दलको सुविधा नदिन माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।  बुधबारको सुनुवाइ सकिएपछि न्यायाधीश सुष्मालता माथेमाको इजलासले कारण देखाऊ आदेश जारी गरी अन्तरिम आदेशका लागि दुवै पक्षलाई झिकाउन भनेको हो।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दललाई प्रतिपक्षी दलको नेताको सुविधा दिन नहुने भन्दै अधिवक्ता विमल पोखरेलले रिट दायर गरेका थिए। सुरुमा उक्त रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो।

मंगलबार न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट दर्ता गर्न आदेश दिएपछिमात्रै दर्ता भएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुस २६ गते विश्वासको मत दिएको कांग्रेसलाई संसद् सचिवालयले माघ ४ गते प्रमुख विपक्षी दलको मान्यता दिएको थियो।

प्रकाशित: २५ माघ २०७९ १७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eighteen =