राष्ट्रियसभा उपनिर्वाचन : एमालेका कुमार दसौदी निर्वाचित

हिमाल प्रेस २५ माघ २०७९ १६:३८
10
SHARES
राष्ट्रियसभा उपनिर्वाचन : एमालेका कुमार दसौदी निर्वाचित

काठमाडौँ- लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौदी निर्वाचित भएका छन्।  सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका दसौदीले नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्र विक्रम रायलाई पराजित गरेका हुन्।

यो निर्वाचनमा ३०५ मतदाता थिए। जसमा एकजनाले मतदान गरेनन्। पराजित कांग्रेसका आचार्यले ३ हजार ७२० र नागरिक उन्मुक्तिका रायले १९२ मत भार ल्याए। निर्वाचित दसौदी ४ हजार २६ मतभार प्राप्त गरे। दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा आज बिहान १० बजेदेखि ३ बजेसम्म मतदान भएको थियो।

प्रकाशित: २५ माघ २०७९ १६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twelve =