चिकित्सा शिक्षा स्‍नातकाेत्तर तह नयाँ सत्रकाे पठनपाठन अनिश्‍चित

हिमाल प्रेस २५ माघ २०७९ १५:२६
18
SHARES
चिकित्सा शिक्षा स्‍नातकाेत्तर तह नयाँ सत्रकाे पठनपाठन अनिश्‍चित

काठमाडौँ- चिकित्सा शिक्षा स्‍नातकाेत्तर तहका नयाँ विद्यार्थीको पठनपाठन अनिश्‍चित बन्न पुगेको छ।

विद्यार्थीले पुरानै प्रक्रियाबाट विद्यार्थी भर्ना गर्न माग गर्दै सर्बोच्च अदालतमा दिएको रिट निवेदनमा अदालतले अन्तरिम आदेश जारी गर्दै मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेकाले तत्काल कक्षा प्रारम्भ हुने कार्यतालिका स्थगित गर्न आदेश दिएपछि नयाँ शैक्षिकसत्रको पठनपाठन अनिश्चित बनेको हो।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरिले मुद्धा अदालतमा विचाराधिन भएकाले अहिले भर्ना प्रक्रिया र नयाँ शैक्षिक सुरु हुने अवस्था नभएको बताए। उनले भने,‘अब अदालतको आदेशपछि कुन प्रक्रियाबाट विद्यार्थी भर्ना गर्ने भन्ने थाहाँ हुन्छ। अहिले अन्तरिम आदेश पश्चात भर्ना प्रक्रिया स्थगित भएको छ।’

आयोगले स्नातकोत्तर तह चिकित्सा शिक्षाको नयाँ शैक्षिक सत्र माघ २२ गतेबाट सुरु गर्ने गरी कार्यतालिका बनाएको थियो।

 

प्रकाशित: २५ माघ २०७९ १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =