दुई अस्पतालसँग माछापुच्छ्रे बैंकको सम्झौता

हिमाल प्रेस २५ माघ २०७९ ११:५३
4
SHARES
दुई अस्पतालसँग माछापुच्छ्रे बैंकको सम्झौता

काठमाडौँ- माछापुच्छ्रे बैंक लिमिटेडले चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरसँग छुट सम्झौता गरेको छ। सम्झौताअनुसार यी दुई अस्पतालमा बैंकका ग्राहकले विशेष छुट प्राप्त गर्नेछन्।

ग्राहकले भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले प्रदान गर्ने मुटु, डायवेटिक तथा अन्य रोगको उपचार गराउँदा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन्।

त्यस्तै काठमाडौँको बसुन्धरामा अवस्थित चिरायु नेसनल हस्पिटलले प्रदान गर्ने विभिन्न सेवामा ५ देखि १० प्रतिशतसम्म छुट दिइने सम्झौतामा उल्लेख छ।

माछापुच्छ्रेका ग्राहकले डेबिट/क्रेडिट तथा क्यूआरमार्फत् भुक्तानी गर्दा छुट पाउनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + three =