सद्भावलाई आर्थिक सहयोगमा परिणत गर्न राजदूत अधिकारीको आग्रह

हिमाल प्रेस २४ माघ २०७९ २०:३३
14
SHARES
सद्भावलाई आर्थिक सहयोगमा परिणत गर्न राजदूत अधिकारीको आग्रह

काठमाडौँ– पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले दुई देशबीचको सद्भावलाई आर्थिक सहयोग र अन्तरक्रियामा परिणत गर्न पाकिस्तानी व्यवसायीहरूलाई आग्रह गरेका छन्। मंगलबार कराची चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रीका प्रतिनिधिसँगको भेटवार्तामा राजदूत अधिकारीले दुई देशको सम्बन्धलाई आर्थिक सहयोग र व्यावसायिक रूपमा पनि बलियो बनाउन आग्रह गरेका हुन्।

राजदूत अधिकारीले व्यापार र लगानी प्रबर्द्धन गर्न नेपाल सरकारले खुकुलो वैदेशिक नीति बनाएको उल्लेख गरे। ‘व्यवसायको अवसर खोज्न नेपाल आउनुहोस्,’ उनले भने, ‘नेपाल दक्षिण एसियाको पर्यटनको हब पनि हो।’ नेपाली राजदूतले छिमेकी मुलुक भएकाले नेपाल र पाकिस्तान दुवैको सांस्कृतिक र सामाजिक पृष्ठभूमि समान रहेको बताउँदै उद्यमी तथा व्यवसायीलाई परिचालन गर्न चेम्बरको ठूलो भूमिका रहने पनि धारणा राखे।

राजदूत अधिकारीले पाकिस्तानीहरूलाई आफ्नो व्यापार तथा पारिवारिक बिदामा नेपाली आतिथ्य, खाना, संस्कृति र अन्य पर्यटन गतिविधिहरूको आनन्द लिन नेपाल भ्रमण गर्न आग्रहसमेत गरेका छन्। जवाफमा चेम्बरका अध्यक्ष र सदस्यहरूले नेपाल र पाकिस्तानबीचको आर्थिक सम्बन्धलाई मजबुत बनाउन दूतावाससँग मिलेर काम गर्न इच्छुक रहेको बताए।

प्रकाशित: २४ माघ २०७९ २०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 14 =