देउवालाई संसदीय दलको नेताको सुविधा नदिन माग गर्दै सर्वोच्चमा रिट दर्ता

हिमाल प्रेस २४ माघ २०७९ १६:३९
8
SHARES
देउवालाई संसदीय दलको नेताको सुविधा नदिन माग गर्दै सर्वोच्चमा रिट दर्ता कांग्रेस सभापति शेरबहादुर देउवा। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सभापतिसमेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। यसअघि दर्ता नगरी दरपिठ गरिदिएको रिट मंगलबार दर्ता भएको हो।

रिट अधिवक्ता विमल पोखरेलले दायर गरेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुस २६ गते विश्वासको मत दिए पनि प्रतिपक्षी दलको हैसियतमै रहेर संसदीय भूमिका निभाउने कांग्रेसले बताइरहेको छ।

तर, रिटमा प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेकाले प्रमुख प्रतिपक्षीको अधिकार कांग्रेसले नपाउने उल्लेख छ। त्यस्तै विश्वासको मत पनि दिने अनि प्रमुख प्रतिपक्षीको सुविधा पनि खोजी गर्नु गैरसंसदीय हुने निवेदकले दाबी गरेका छन्।  नेपाल मजदुर किसान पार्टीले प्रमुख प्रतिपक्षी दलको सुविधा आफ्नो दलले पाउनुपर्ने बताउँदै आएको छ। उक्त दलका सांसद प्रेम सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छैनन्। रिटमाथि बुधबार सुनुवाइ हुनेछ।

प्रकाशित: २४ माघ २०७९ १६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =