मधेश प्रदेश : मन्त्री यादव र राज्यमन्त्रीमा अंसारीले लिए शपथ

हिमाल प्रेस २४ माघ २०७९ १४:४५
28
SHARES
मधेश प्रदेश : मन्त्री यादव र राज्यमन्त्रीमा अंसारीले लिए शपथ

जनकपुरधाम- माओवादी केन्द्र सहभागी भएसँगै मधेश सरकारको मन्त्रिपरिषद्‌ले पूर्णता पाएको छ। माओवादी केन्द्रबाट सुनिता यादवले उद्योग पर्यटन तथा वन मन्त्री र रहबर अन्सारीले राज्यमन्त्री पदको शपथ लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।

सुनिता धनुषाबाट समानुपातिक प्रदेससभा सदस्य हुन् भने अन्सारी पर्सा निर्वाचन क्षेत्र नम्बर–१ को (क)बाट निर्वाचित प्रदेससभा सदस्य हुन्। मन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्र र राज्यमन्त्री अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ खुवाए।

यसअघि मुख्यमन्त्री सरोज यादवले गत पुस २९ गते तीनजना मन्त्री शपथ लिएका थिए भने गत माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्रीलाई सरकारमा शामिल गराएर मन्त्रीमण्डल विस्तार गरेका थिए।

अब मधेश सरकारमा मुख्यमन्त्री, १० मन्त्री र ४ राज्यमन्त्रीसहित १५ सदस्यीय मन्त्रीमण्डल बनेको छ।

प्रकाशित: २४ माघ २०७९ १४:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 2 =