प्रधान सेनापतिद्वारा सामुहिक तालिमको निरीक्षण

हिमाल प्रेस २३ माघ २०७९ १९:००
10
SHARES
प्रधान सेनापतिद्वारा सामुहिक तालिमको निरीक्षण

काठमाडौँ– प्रधान सेनापति प्रभुराम शर्माले ललितपुरको लेलेमा सञ्चालन भइरहेको सामुहिक तालिमको सोमबार निरीक्षण गरेका छन्। उपत्यका पृतना मुख्यालयअन्तर्गतका फौजहरू सम्मिलित उक्त तालिमको प्रधान सेनापति शर्माले निरीक्षण गरेका हुन्।

हाल नेपाली सेनाका विभिन्न युनिटहरू आ-आफ्नो जिम्मेवारी इलाकाहरूमा सामुहिक तालिमको क्रममा छन्। निरीक्षणका क्रममा सेनापति शर्माले तालिमका विविध पक्षबारे जानकारी लिनुका साथै सकलदर्जालाई सम्बोधनसमेत गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + ten =