अध्यादेश ल्याउन सरकारले संसद् अधिवेशन अन्त्य गर्नै हुँदैन : सुवास नेम्वाङ

हिमाल प्रेस २३ माघ २०७९ १५:४१
6
SHARES
अध्यादेश ल्याउन सरकारले संसद् अधिवेशन अन्त्य गर्नै हुँदैन : सुवास नेम्वाङ

काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले अध्यादेश ल्याउनका लागि संसद् अधिवेशन जानीजानी अन्त्य  सरकारले गर्न नहुने बताएका छन्।

कुनै पनि लोकतान्त्रिक सरकारले अध्यादेश ल्याउनका लागि संसद अधिवेशन अन्त्य गर्न नमिल्ने तर्कसमेत गरे। तर विगतका सरकारहरूले संसद्‌मा विधेयक ल्याएर कानुन बनाउनुपर्नेमा अध्यादेश ल्याएर गल्ती गरेको उनको निष्कर्ष थियो।

सोमबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले हरेक लोकतान्त्रिक सरकारले अध्यादेशको बाटो जान नपरोस् भन्ने सोच राख्नुपर्ने स्पष्ट पारे।

उपाध्यक्ष नेम्वाङले संसद्लाई बन्द गरिदिने अनि अध्यादेश ल्याउने सजिलो बाटो सरकारले खोज्न नहुने पटकपटक दोहोर्‍याए। संसद्लाई छलेर अध्यादेश ल्याउने काम संविधानमा पनि नभएको उल्लेख गर्दै त्यस्तो काम गर्न नमिल्ने गरी आवश्यक व्यवस्था मिलाउनुपर्ने बताए।

‘अध्यादेश ल्याउनका लागि जानिजानि संसद् अधिवेशन अन्त्य गर्ने गरिएको छ। यो त अधिवेशन नचलिरहेको अवस्था उत्पन्न गर्न जानी-जानी काम गरिएको भयो,’ उनले भने, ‘तत्काल केही गर्न आवश्यक पर्‍यो भने पनि अध्यादेश ल्याउने व्यवस्था छ। सरकारलाई दिइएको यो अधिकार नै हो। तर यो अपवादका लागि हो। सबै काम संसद्‌बाट गर। मेरो बुझाइमा त एउटा प्रजातान्त्रिक सरकारले भरसक अध्यादेशमा जान नपरोस भन्ने सोच राख्नु पर्दछ।’

प्रकाशित: २३ माघ २०७९ १५:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =