‘अर्थतन्त्र चलायमान बनाउन पूरक बजेट आवश्यक’

हिमाल प्रेस २३ माघ २०७९ १३:४६
6
SHARES
‘अर्थतन्त्र चलायमान बनाउन पूरक बजेट आवश्यक’

काठमाडौँ- अर्थविद्हरूले पूरक बजेट ल्याएर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने धारणा राखेका छन्। अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै अर्थविज्ञहरूले तत्काल पूरक बजेट ल्याउन आवश्यक रहेको सुझाव दिएका हुन्।

अर्थविद् डा. डिल्लीराज खनालले बजेटमा राखिएको राजश्व संकलनको लक्ष्यसमेत भेटाउन मुस्किल रहेको बताए। उनले भने, ‘राजश्व लक्ष्य नै भेट्न नसक्ने अवस्था भएपछि तत्काल पूरक बजेट ल्याउन आवश्यक दखिएको छ।’ खनालल अहिलेकै बजेटलाई पुनःसंरचना गरेर पूरक बजेट ल्याउन आवश्यक रहेको सुझावसमेत दिएका छन्।

त्यस्तै नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जिवी नेपालले लगानीयोग्य रकम बजारमा पठाउनको लागि पनि अर्थमन्त्रीले पूरक बजेट ल्याउनुपर्ने बताए।

‘पूरक बजेट नल्याए मुलुकको अर्थतन्त्र चलायमान हुन सक्दैन,’ उनले भने, ‘अघिल्लो सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटलाई मध्यावधिक समिक्षा गरेर आर्थिक वृद्धिदर, मूल्यवृद्धिको लक्ष्यमा परिमार्जन गर्न आवश्यक छ।’

नेपालले वर्तमान अर्थतन्त्रको अवस्था हेर्दा ८ प्रतिशत आर्थिक वृद्धि हुने र मुद्रास्फिति लक्ष्यअनुसार कायम राख्ने अवस्था नदेखिएको बताए।

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सीमित स्रोत र साधनलाई अधिकतम् प्रयोग गरी पुँजीगत खर्च बढाउनुपर्ने बताए।

प्रकाशित: २३ माघ २०७९ १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =