‘जय हो’मा केकी अनुबन्धित

हिमाल प्रेस २३ माघ २०७९ ११:२६
10
SHARES
‘जय हो’मा केकी अनुबन्धित

काठमाडौँ- फिल्म ‘जय हो’मा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएकी छन्। उनी फिल्मसँग जोडिएको जानकारी शोभित बस्नेतले सार्वजनिक गरेका छन्।

उनले सामाजिक सञ्जालमा केकीसँग लिखित सहमति गरेको तस्बिर साझा गर्दै स्ट्याटस लेखेका छन्, ‘मेरो जन्मदिनको अवसर पारेर फिल्म ‘जय हो’मा नायिका केकी अधिकारीलाई अनुबन्धित गरियो।’

फिल्ममा यसअघि अभिनेता अर्पण थापा जोडिएका थिए। केकी र अर्पणबाहेक फिल्ममा सलोन बस्नेत र माओत्से गुरुङको अभिनय रहनेछ।

टेक पौरखी राईको निर्देशनमा बन्ने फिल्मको छायांकन फागुन २५ देखि सुरु गरिने निर्माण पक्षले जनाएको छ।

प्रकाशित: २३ माघ २०७९ ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =