रास्वपाले सरकार छाडेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्दै

हिमाल प्रेस २३ माघ २०७९ ११:२०
8
SHARES
रास्वपाले सरकार छाडेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ- मन्त्रिपरिषद्को नियमित बैठक आज (सोमबार) बस्दै छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बस्नेछ।

बैठकमा सुरक्षा अधिकारीहरुको बढुवालगायत विषयमा छलफल हुने बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिए पछि मन्त्रिपरिषद् बैठक पहिलो पटक बस्न लागेको हो। रास्वपाका तीन मन्त्री आइतबार बाहिरिएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोसिमा कार्कीले आइतबार साँझ राजीनामा बुझाएका थिए।

प्रकाशित: २३ माघ २०७९ ११:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =