‘मलाई लखेट्दा लखेट्दै गृहमन्त्री बनाए, अझै लखेटून्’

हिमाल प्रेस २२ माघ २०७९ १८:०४
54
SHARES
‘मलाई लखेट्दा लखेट्दै गृहमन्त्री बनाए, अझै लखेटून्’ सत्ताबाट बाहिरिने निर्णयपछि रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेलगायत। तस्बिर : हिमाल प्रेस

आज आइतबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले विशेष पत्रकार सम्मेलन गरे। पत्रकार सम्मेलनमा उनले मिडियाका मालिक र सम्पादकहरूलाई धेरै गाली पनि गरे। प्रस्तुत छ लामिछानेको अभिव्यक्तिको सम्पादित अंश-

हामीले जनमतको कदर गर्छौँ। हामीलाई नेपाली जनताले जुन आशा भरोसाले भोट दिनु भएको छ हामीले बिर्सेका छैनौँ। देखिने र देखाइने कुरामा आकाश जमिनको फरक छ। आज म यसबारे खुलेर कुरा गर्न आएको छु।

समझदारी र सम्झौतामा हामी अघि बढिरहेका थियौँ। राहदानीको विषयमा चारवर्ष अघि नै मैले गृहमन्त्रालयलाई जानकारी गराएको थिएँ। जुन ढंगले मलाई आरोप लगाइयो त्यो त मैले जानकारी गराएकै कुरा हो। मैले यसै विषयलाई लिएर राजीनामा दिएको कुरा तपाइँहरूलाई थाहै छ।

अमेरिकाबाट नेपाल फर्किन आवश्यक पर्ने डकुमेन्ट जुटाउन थालेँ। लाखौँ मानिसले गलत गर्छन्। मैले पनि गर्नुपर्छ भन्ने हैन। अदालतको फैसला आयो म स्वागत गर्छु।
मैले कसको कहाँ के बिगारेँ। मैले कानुन उल्लंघन गर्न पाउनुपर्छ भनेको होइन। मिल्छ भने कानुन नै संसोधन गरेरै कारबाही गरियोस्।

आम मान्छेका रुपमा म मुद्दा लड्छु। लड्न सक्छु। पासपोर्टको सवाल मैले सदुपयोग पनि गरेको छैन। दुरुपयोग पनि गरेको छैन।

म लुकेर बसेको छैन। मसँग भएको त्यो पासपोर्ट पनि बुझाइदिएको छु। यी कुराबाहेक मैले गरेको अपराध के हो? यो-यो हो भनेर लेखिदिनुपर्‍यो।
प्रक्रियागत त्रुटि होला जसले मैले कारबाही भोगेँ।

मैले स्पष्ट रुपमा चार वर्षअघि भनेको कुरा समाचार हेडलाइन बनेको बन्यै छ।
एउटा मान्छेका लागि यति धेरै हेडलाइन? गृहमन्त्रालयमा म आफैँ जानुपर्छ जान्छु भनेको तपाईंहरूले सुन्नु भएको छ? पावर सेयरिङमा हाम्रो पार्टीको भागमा परेको हो।

कान्तिपुरलाई चलायो भने सिध्याइदिन्छ, अनलाइन खबरलाई चलाए सिध्याइदिन्छ।
सेतोपाटीलाई चलाए, अमित ढकाललाई चलाए सिध्याइदिन्छ भनिन्छ। गलत शीर्षक राखेर समाचार लेखियो। त्यो समाचार विद्वान साथीहरूले इन्ट्रेस्टमा लेखेको छ भन्ने बुझेकै होलान्। सबैलाई थाहै छ। केहीले चाहिँ त्यही रिट्वीट गरिरहेका छन्।

कन्फ्लिक्ट अफ इन्ट्रेस्टको कुरा गर्ने? देश चलाउने हो भने मसँग चुनाव लड्न आउनुस्। कैलाश सिरोहिया, अमित ढकाल, रामेश्वर थापा, शिव गाउँले आउनुस्
रवि लामिछाने कसैसँग डराउँदैन। रास्वपा कसैको इसारामा चल्दैन। अब लुकाएर चल्दैन। देश मिडियाले चलाउने होइन। मिडिया मिडिया कम्पनीले चलाउने हो।

मैले यो पार्टीबाट हात धुनु परोस् जिन्दगीबाट परोस् म चुप बस्दिनँ।

उपनिर्वाचनबाट निर्वाचित नभई म कतै जान्न। म सत्तामा जान्न। मैले जितिनँ भने ठीकै छ। म राजनीतिमै रहन्छु। यो देशका दुष्मन सिन्डिकेट कायम गर्ने मिडिया हुन्। ६ महिनामा आएको दललाई खेद्ने? कसरी आयो, यति थोरै समयमा यति धेरै सिट कसरी ल्यायो, के के स्ट्राटेजी अपनायो कसैले लेख्यो?

पासपोर्टमा फसाइयो भने त जिन्दगीभर चुनाव लड्न पाउँदैन भनेर १२ भाइ सम्पादक मिलिसके होलान्। फसाउनुहोला म लड्छु।

मेरा कारणले के कति क्षति भयो, के बिग्रियो?

अबको पाँच वर्ष सदस्यता आह्वान गर्छौँ। एक हजार लिन्छौँ। पाँच वर्षपछिको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी उपप्रधान तथा गृह होइन। प्रधानमन्त्री हुन्छौँ सरकार बनाउछौँ।

हामी व्यवस्थाको विरोध गरेका छैनौँ। जनतालाई राजा बनाउन हिँडेका हौँ।
लोकतन्त्र थिएन भने म जस्तो मान्छे, सत्ताकोनिमित्त आगो ओकेलेको मान्छे आएको छ। निरंकुश हुन्थ्यो भने बोल्न पाइन्थेन। इतिहासले गरेका कामप्रति हाम्रो सम्मान छ।
पार्टी खोल्न पाएको छैन मुद्दा हालेको छ, खेदेको छ।

म कसैसँग डराउँदिन नेपाली जनातासँग डराउँछु।

म राजनीति गरेकै गृहमन्त्री चाहिँ हुनुपर्छ भनेर हो प्रधानमन्त्री बन्न भनेर होइन।
त्यहाँ जाने बित्तिकै सरकार देखिन्छ।

लखेट्दा लखेट्दा यो देशको उपप्रधानमन्त्री बनाएर छोडे अझै लखेटुन्।
नेपाली जनताले जोगाएसम्म यी १२ भाइसँग केही डर छैन।

सरकारलाई दिएको समर्थन फिर्ता किन नलिएको भने सरकार हाम्रो कारणले ढल्न हुँदैन भनेर हो।

प्रकाशित: २२ माघ २०७९ १८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 5 =