रास्वपाको बहिर्गमनपछि प्रचण्डको प्रतिक्रिया- गठबन्धन जोगाउने पक्षमा छु

हिमाल प्रेस २२ माघ २०७९ १७:३९
8
SHARES
रास्वपाको बहिर्गमनपछि प्रचण्डको प्रतिक्रिया- गठबन्धन जोगाउने पक्षमा छु

काठमाडौँ– प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू वर्तमान सत्तागठबन्धन जोगाउने पक्षमा रहेको स्पष्ट पारेका छन्। आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

‘सत्तासाझेदार दलहरूसँग सहमति गरेरै अघि बढ्ने कुरा भइरहेकाले गठबन्धनको एकतालाई जसरी पनि बचाउनु पर्छ भन्नेमा म छु,’ उनले भने। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेसहित सम्पूर्ण मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘मैले उहाँहरूले गरेको पूरै निर्णय हेर्न पाएको छैन। भर्खरै सुनेँ। मैले बिहान उहाँसँग भएको कुराअनुसार सरकारलाई समर्थन फिर्ताचाहिँ होइन। मन्त्रीहरू बाहिर निक्लने विषय छलफल भइरहेको छ भन्नुहुन्थ्यो,’ उनले भने, ‘फेरि हामी छलफल गर्छौं। यसलाई हल गर्नेतिर नै जान्छौं। मेरो कोशिश त थियो राष्ट्रिय सहमती नै गरौं भनी राखेको छु भने त हाम्रो सत्तासाझेदारबीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने हो मेरो। अदालतको निर्णय पनि पक्कै पछि उहाँहरूलाई केही असहजता त भएकै थियो। अब उहाँसँग फेरी भेटेर कुरा गर्छु।’

प्रधानमन्त्री प्रचण्डले लामिछानेसँग आइतबार (आज) बिहान भएको भेटमा मन्त्रीहरू फिर्ता बोलाए पनि सरकारलाईं दिएको समर्थन भने फिर्ता नगर्ने बताएको स्मरण गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =