रास्वपा बाहिरिएपछि यस्तो छ सत्ताको अंकगणित

हिमाल प्रेस २२ माघ २०७९ १६:२६
230
SHARES
रास्वपा बाहिरिएपछि यस्तो छ सत्ताको अंकगणित सत्ताबाट बाहिरिने निर्णयपछि रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेलगायत। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी ४२ दिन सरकारमा बसेर बाहिरिएको छ। समर्थनलाई कायमै राख्दै सरकारबाट बाहिरिने सर्वसम्मत निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए। उनले नेपाली जनताले आशा, उमंग र अपेक्षासाथ दिइएको एकएक भोटको सम्मान गरिने बताए।

रास्वपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले आइतबारै राजीनामा दिने जानकारी दिए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बनेको सरकारमा रास्वपा पुस ११ गते सहभागी भएको थियो।

नागरिकता प्रकरणमा सर्वोच्चको संवैधानिक इजलासको फैसलापछि उक्त पार्टीबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री बनेका रवि लामिछानेको सांसद, उपप्रधानमन्त्री, गृहमन्त्री र पार्टी सभापति पद गएको थियो।

अनागरिक भएका लामिछानेले दुई दिनमै नागरिकता पाएपछि फेरि पार्टी सभापति बनेका थिए। पार्टी सभापति बनेपछि आफूले सम्हाल्दै आएको गृह मन्त्रालय फिर्ता हुनुपर्ने अडानसहित लामिछानेले पटकपटक प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। तर प्रचण्ड गृह मन्त्रालय दिन असहमत भएपछि उक्त पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

१० पुसमा प्रचण्डले प्रधानमन्त्रीका लागि राष्ट्रपति कार्यालयमा दाबी गर्दा एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्तिको ४ र तीन स्वतन्त्र सांसदले समर्थन गरेका थिए। जसपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएको छैन। रास्वपा बाहिरिएको छ। यद्यपि उक्त पार्टीले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ। संसदमा ८८ सिट रहेको कांग्रेसले पनि सरकारलाई समर्थन दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीलाई फिर्ता बोलायो

मिडियाका सम्पादकलाई रविको चेतावनी : देश चलाउने तपाईंले होइन, हिम्मत भए चितवन-२ मा चुनाव लड्न आउनुस्

प्रकाशित: २२ माघ २०७९ १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =