रास्वपाका मन्त्रीहरूले आज नै राजीनामा दिने

हिमाल प्रेस २२ माघ २०७९ १६:११
26
SHARES
रास्वपाका मन्त्रीहरूले आज नै राजीनामा दिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले आइतबार (आज) नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाउने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा तीन मन्त्री र एक राज्यमन्त्री पाएको थियो। अहिले सरकारमा यो पार्टीका दुई मन्त्री र एक राज्यमन्त्री छन्।

श्रम तथा रोजगार मन्त्रीमा डोलप्रसाद अर्याल र शिक्षा मन्त्रीमा शिशिर खनाल छन्। डा.तोसिमा कार्की भने स्वास्थ्यराज्यमन्त्री छन्।

यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका पार्टी सभापति रवि लामिछानेले सर्वोच्च अदालतले नागरिकताकको विषयमा प्रश्न उठाउँदै सांसद पद खारेज गरिदिएपछि पदबाट राजीनामा दिएका थिए। नागरिकताको मुद्दामा उनको सभापति, सांसद र मन्त्री पद गएको थियो। तर उनले नागरिकता पुन:प्राप्तिको प्रक्रिया पुरा गरेर नागरिकता भने लिइसकेका छन्।

 

प्रकाशित: २२ माघ २०७९ १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =