राष्ट्रियसभा उपाध्यक्ष पदमा माओवादीकी अर्यालको उम्मेदवारी दर्ता

हिमाल प्रेस २२ माघ २०७९ १५:३७
8
SHARES
राष्ट्रियसभा उपाध्यक्ष पदमा माओवादीकी अर्यालको उम्मेदवारी दर्ता उम्मेदवारी दर्ता गराउँदै अर्याल। तस्बिर-दिपेश श्रेष्ठ/हिमाल प्रेस

काठमाडौँ– राष्ट्रियसभाको उपाध्यक्षका लागि नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले मनोनयन दर्ता गराएकी छन्। संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा स्थापना गरिएको केन्द्रमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन्।

अर्यालको प्रस्तावकमा राष्ट्रियसभामा माओवादी केन्द्रका संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ छन् भने समर्थकमा नेकपा एमालेका सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा छन्।

राष्ट्रियसभाको उपाध्यक्षका लागि आइतबार (आज) अपराह्न ४ बजेसम्मका लागि उम्मेदवारी दर्ता गर्ने समयसीमा निर्धारण गरिएको छ।

नेपाली कांग्रेसलगायत अन्य दलले भने उम्मेदवारी नदिने निर्णय आइतबार मात्रै गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आइतबार बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय गरेको थियो।

माओवादी केन्द्रको स्थायी समिति सदस्यसमेत रहेकी अर्याल पूर्वस्थानीय विकास मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्। तत्कालीन नेकपाको चौथो महाधिवेशनबाट वामपन्थी आन्दोलनमा लागेकी अर्याल गत वर्ष भएको राष्ट्रियसभाको निर्वाचनमा मधेश प्रदेशबाट निर्वाचित हुन्।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही माघ १३ गतेको बैठकमा उपाध्यक्षको निर्वाचनको मिति तोकेका थिए। मिति तोकेर सभाध्यक्षले निर्वाचनसम्बनधी कार्यक्रमको सूचना प्रकाशन गर्न संघीय संसदको महासचिवलाई निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार महासचिवले आइतबारका लागि उम्मेदवारी दर्ताको समय निर्धारण गरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seven =