अदालतलाई ओलीको प्रश्न, रवि लामिछानेको नागरिकता प्रकरणमा कसले न्याय पायो?

हिमाल प्रेस २२ माघ २०७९ १५:१८
24
SHARES
अदालतलाई ओलीको प्रश्न, रवि लामिछानेको नागरिकता प्रकरणमा कसले न्याय पायो?

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछानेको नागरिकता प्रकरणमा अदालतको फैसलामाथि प्रश्न उठाएका छन्।

ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै यस्तो प्रश्न उठाएका हुन्। यद्यपि उनले अदालतको फैसलालाई सम्मान र  कार्यान्वयन गर्ने बताए।

ओलीले प्रश्न गरे, ‘उजुरीकर्ता व्यक्तिलाई के मर्का परेको थियो र उजुरी दिए? उनलाई के अन्याय परेर न्याय खोजे? असम्बन्धित व्यक्तिले उजुरी दिएको छ। अदालतको कामबाट कसले न्याय पायो? कसले मर्काबाट उन्मुक्ति पायो? कसलाई न्याय दिइयो बुझिएन।’

ओलीले लामिछाने ढोका खुला छ भनेर संसद् प्रवेश नगरेको बताउँदै निर्वाचन आयोगको प्रक्रियाप्रति पनि प्रश्न उठाए।

उनले भने, ‘आयोगले उम्मेदवारी सदर गरेको हो। सार्वभौम जनताले अत्यधिक बहुमतले प्रतिनिधि छानेका हुन्।’ सानो प्रक्रियागत त्रुटिले सांसद, पार्टी सभापति, गृहमन्त्री, उपप्रधानमन्त्री पद जाँदा धेरै चिजमा धक्का पुगेको ओलीको भनाइ छ। उनले भने, ‘रवि लाई न्याय भयो कि भएन? मैले खोज्दा न संस्था न व्यक्ति न कोही कसैले पनि न्याय पाएको देखिनँ।’

उनले अदालतले प्रक्रियागत त्रुटिमा ध्यान नदिएको बताए। ओलीले भने, ‘रविलाई प्रक्रियागत त्रुटि भएकाले नागरिकता सच्याएर ल्याऊ भनेको भए हुन्थ्यो होला। किन यस्तो फैसला भयो होला?’

उनले लामिछानेसँग आफ्नो संगठनात्मक, वैचारिक र नातासम्बन्ध केही नरहेको बताए।

प्रकाशित: २२ माघ २०७९ १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seventeen =