युरोपियन आयुक्त युठा आरप्लेनन् नेपाल आउँदै, ७ अर्ब सहयोगको घोषणा गर्ने

हिमाल प्रेस २२ माघ २०७९ १५:०६
16
SHARES
युरोपियन आयुक्त युठा आरप्लेनन् नेपाल आउँदै, ७ अर्ब सहयोगको घोषणा गर्ने

काठमाडौँ– युरोयिन आयुक्त युठा आरप्लेनन् नेपाल भ्रमणमा आउने भएकी छन्। २५ गते नेपाल आउने आरप्लेनन्‌ले उच्चस्तरीय राजनीतिक भेटवार्ताका साथै युरोपियन युनियनका विभिन्न परियोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

भ्रमणका क्रममा आरप्लेनन्‌ले प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री बिमला राई पौड्याल, शिक्षामन्त्री शिशिर खनाललगायतसँग भेटवार्ता गर्नेछिन्।

भ्रमणका क्रममा आयुक्त आरप्लेनन्‌ले नेपालको शिक्षा क्षेत्रमा ५० मिलियन यूरो (करिब ७ अर्ब १० करोड रुपैयाँ) सहयोगको घोषणा गर्नेछिन्। उक्त रकम नेपालको शिक्षा सुधारका लागि खर्च गरिनेछ।

नेपाल सन् २०२६ मा विकासशील मुलुकमा स्तरोनन्ति हुने तयारीमा छ। आरप्लेनन्‌काे भ्रमण यो विषयमा पनि केन्द्रित हुने जनाइएको छ।

नेपाल भ्रमणका लागि उत्सुक रहेको बताउँदै आयुक्त आरप्लेनन्‌ले युरोपियन युनियनको नेपालसँगको विकास साझेदारी थप बलियो हुने बताएकी छन्।

विज्ञप्ति जारी गर्दै आरप्लेनन्‌ले भनेकी छन्, ‘भ्रमणले युरोपियन युनियन र नेपालको सम्बन्धलाई आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा मजबुत बनाउने छ।’

आरप्लेनन्‌काे भ्रमणले नेपाललाई तीन विषयमा थप सहयोग गर्ने बताइएको छ। हरित विकास, मानव सूचकांकको विकास र सुशासनमा युनियनको थप सहयोग हुने विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: २२ माघ २०७९ १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =