रवितर्फ धनराजको टिप्पणी- नयाँमा पनि पुरानाजस्तै सत्तालिप्सा देखियो

हिमाल प्रेस २२ माघ २०७९ १५:०३
8
SHARES
रवितर्फ धनराजको टिप्पणी- नयाँमा पनि पुरानाजस्तै सत्तालिप्सा देखियो

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि केही दललाई टाउको दुखेको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘मुलुकको समस्या समाधानका लागि एकताबद्ध हुन र आर्थिक संकट टार्न सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ भनेर कांग्रेसले प्रतिपक्षमा रहेर पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको हो,’ उनले एमालेतर्फ संकेत गर्दै भने, ‘तर केही दललाई यसले टाउको दुखेको छ।’

प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै गर्दा कांग्रेसलाई पदप्रतिको आशक्ति नभएको बताउँदै उनले मुलुकमा आर्थिक संकटका कारण व्यवसायीमा कोकोहोलो मच्चिरहेको उल्लेख गरे।

उनले मंसिरको निर्वाचनबाट निर्वाचित भई संसदमा आएका सांसदहरूमा पनि पुराना नेताहरूमा जस्तै सत्तालिप्सा देखिएको टिप्पणी गरे। ‘यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित भएर आएका सदस्यहरू पनि पुरानै नेताहरूसरह सत्तामा लिप्त भएको देखियो,’ उनले भने।

मुलुकको मुहार बदल्न अब नेताहरू र नेताहरूको सोच बदलिन जरुरी रहेको धारणा राखे। गुरुङले गरिब नेपालीले ज्वरो आउँदा एक ट्याबलेट सिटामोल नपाउने अवस्था रहेको अवस्थामा पहुँचवाला नेताले उपचार खर्च लिनु भ्रष्ट चरित्र भएको टिप्पणी गरे।

नेताहरू ठूला सपना मात्रै बाँड्ने काममा लागि परेको भन्दै नेताहरू अझै नसच्चिने हो भने मुलुकले झनै दुःख पाउने उनले जिकिर गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − three =