पाठशालामा ‘टुभेल्थ नाइट’ मञ्‍चन

हिमाल प्रेस २१ माघ २०७९ २१:३५
1.1k
SHARES
पाठशालामा ‘टुभेल्थ नाइट’ मञ्‍चन

काठमाडौँ– विलियम सेक्सपियरलिखित ‘टुभेल्थ नाइट’ नाटक काठमाडौँस्थित पाठशाला स्कुलको थिएटरमा शनिबार मञ्चन गरिएको छ।

अंग्रेजी र नेपाली दुवै भाषामा संवाद समेटिएको १ घण्टा १० मिनेट लामो उक्त नाटक पाठशाला नेपालको प्रस्तुतिमा मञ्चन गरिएको हो। नाटकलाई ओजस्वी भट्टराई र सौरभ न्यौपानेले गरेका हुन्।

पाठशाला नेपाल कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थी असल पुडासैनी, समिरन चालिसे, सदीक्षा भण्डारी, दर्शना नेपाल, सौर्य नरसिंह थापालगायतका २२ जना कलाकारले नाटकमा अभिनय गरेका छन्।

सेक्सपियरले १६ औं शताब्दीमा लेखेको यो नाटकले प्रेम एकातिर र विवाह अर्कोतिर भएको देखाउँदै भ्रम र यथार्थको समिश्रणले एकापसको आकर्षणको सांग्लो चुँडिएको कथा बोलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eleven =