माओवादीको निर्णयपछि रास्वपाको आकस्मिक बैठक

हिमाल प्रेस २१ माघ २०७९ २०:३१
14
SHARES
माओवादीको निर्णयपछि रास्वपाको आकस्मिक बैठक फाइल तस्बिर।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक शनिबार (आज) राति साढे ८ बजे बस्ने भएको छ। सरकारमा सहभागी हुने या नहुनेबारे निर्णय गर्न रास्वपाले आकस्मिक बैठक बोलाएको हो।

रास्वपाका सभापति रवि लामिछानेलाई गृह मन्त्रालयसहित सरकारमा ल्याउन नसकिने नेकपा माओवादीको निर्णयपछि रास्वपाको बैठक बसेको हो।

रास्वपाले बिहीबार बैठक बसेर आफ्नो दल सरकारमा सहभागी हुने या नहुनेबारे निर्णय गर्न पार्टी केन्द्रीय समिति र संसदीय दलको बैठक बसेको थियो। उक्त बैठकले यसबारे केही निर्णय गर्न नसकेपछि दुई दिनभित्र यो विषय टुंगो लगाइने बताएको थियो। रास्वपाले राखेको सो समयसीमा शनिबार नै सकिँदैछ।

लामिछानेले आफू गृह मन्त्रालय पाएमात्रै सरकारमा सहभागी हुने बताउँदै आएका छन्। तर सत्तागठबन्धनको मुख्य साझेदार दल माओवादीको शनिबार बसेको स्थायी कमिटी बैठकले रविलाई सोही जिम्मेवारीसहित सरकारमा ल्याउन नहुने निर्णय गरिसकेको छ।

प्रकाशित: २१ माघ २०७९ २०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =