मधेश प्रदेशका मुख्यमन्त्री भन्छन्- यो सरकारले बुलेट ट्रेनको गतिमा काम गर्छ

हिमाल प्रेस २१ माघ २०७९ १९:५०
12
SHARES
मधेश प्रदेशका मुख्यमन्त्री भन्छन्- यो सरकारले बुलेट ट्रेनको गतिमा काम गर्छ

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सबैको विश्वास जितेर सरकारले काम गर्ने बताएका छन्। मधेस प्रदेशसभाले शनिबार स्थापनाको ५औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मतदाता, आमसर्वसाधारण र प्रदेशसभाका सबै सदस्यहरूको विश्वास जित्ने गरी काम गर्ने उनको भनाइ छ। ‘विश्वासको मत लिँदा प्रदेशसभाका सम्पूर्ण सदस्यले मलाई मत दिनुभयो, जसरी प्रत्येक प्रदेशसभा सदस्यहरूले गर्नुभएको विश्वास कायम राख्ने छु,’ उनले भने।

मुख्यमन्त्री यादवले मधेश सरकारले पूर्णता पाई सकेकाले सरकारले विकासको क्षेत्रमा बुलेट ट्रेनको गतिमा काम गर्ने दाबी गरे।

मधेश प्रदेशमा भ्रष्टाचारलाई जरैदेखि निर्मूल पार्ने बताउँदै अघिल्लो सरकार भ्रष्टाचारीमा डुबेको आरोप लागे पनि यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता दोहोर्‍याए।

प्रकाशित: २१ माघ २०७९ १९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 2 =