कर्णाली विकासका लागि गुरुयोजना बनाउँछु : भौतिकमन्त्री शाही

हिमाल प्रेस २१ माघ २०७९ १६:१४
16
SHARES
कर्णाली विकासका लागि गुरुयोजना बनाउँछु : भौतिकमन्त्री शाही

सुर्खेत– भौतिक पूर्वाधार, ऊर्जा तथा जलसोत मन्त्री मंगल शाहीले कर्णालीको सडक क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षभित्रै सडक गुरुयोजना बनाई कार्यान्वयन गर्ने भएको छ।

शनिबार पत्रकार भेटघाट कार्यक्रम गर्दै मन्त्री शाहीले सडक गुरुयोजना निर्माण गर्ने र सोही आधारमा कर्णालीका सडकहरू निर्माण गर्ने गरि मन्त्रालय अघि बढेको बताएका हुन्। कर्णाली विकासका लागि व्यवस्थित रूपमा योजना बनाएर बजेट कार्यान्वयनलाई तीव्रता दिनुका साथै खानेपानी, ऊर्जा क्षेत्रको विकास गर्न पनि गुरुयोजना बनाएर कार्यान्वयन गर्ने उनको भनाइ छ।

मन्त्री शाहीले कर्णालीको विकास खर्च न्यून भएको स्वीकार्दै कर्मचारी अभाव हुनु , निर्वाचन हुनु र भौगोलिक विकटताका प्रमुख कारणले गर्दा बजेट खर्च न्यून भएको बताएका छन्। यस्तै मन्त्रालयमा ७२ जना कर्मचारी रिक्त रहेको बताउँदै त्यसमध्ये ६० कर्मचारी प्राविधिक क्षेत्रका रिक्त रहेको जनाए।

‘सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी माग गरेका छौं। प्रदेश लोकसेवा आयोगसँग पनि कर्मचारी भर्नाका लागि अनुरोध गरेका छौं, तर अदालतका कारण नयाँ कर्मचारी भर्ना गर्न ढिलाइ भइरहेको छ,’उनले भने,‘हामीले मन्त्रालयबाट कर्मचारीको दरबन्दी पुरा गर्नका लागि सबै प्रयास गरेका पनि छौं। यद्यपी हामीले सबै कर्मचारी राख्न सकेका छैनौं।’

मन्त्री शाहीले कर्णालीको विकासका लागि सबैपक्षबीच सहकार्य आवश्यक हुने बताउँदै त्यसकालागि पत्रकार र सञ्चार क्षेत्रसँग पनि मन्त्रालय हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धतासमेत जनाएका छन्।

प्रकाशित: २१ माघ २०७९ १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 11 =