चितवनका किसानको माग सम्बोधन गर्न कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

हिमाल प्रेस २१ माघ २०७९ १०:५०
6
SHARES
चितवनका किसानको माग सम्बोधन गर्न कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- उचित मूल्य नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेको भन्दै आएका समाचारप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। यस्तै उनले किसानका माग सम्बोधनका लागि आवश्यक पहल लिन निर्देशन दिएका छन्।

चितवनका किसानले शुक्रबार तरकारी र अन्य कृषिजन्य उत्पादनको उचित मूल्य नपाएको भन्दै सडकमा तरकारी फालेपछि प्रधानमन्त्रीले कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराएका हुन्।

चिवतनमै रहेकी मन्त्री साहलाई प्रधानमन्त्रीले सरोकारवाला किसानहरूसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन निर्देशनसमेत दिएका छन्। प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री साहले आफूले सरोकारवाला किसानसँग छलफल गरी समस्या समाधानमा आवश्यक पहल लिने र थप नीतिगत सहयोग आवश्यक परेमा प्रधानमन्त्रीलाई आग्रह गर्ने बताएको प्रचण्डको सचिवालयले जनाएको छ।

कृषिमन्त्रीले सरोकारवाला किसानहरूसँग छलफल गरेर फर्किएपछि मन्त्री, सचिव र अन्य सरकारी अधिकारीहरू बोलाएर थप छलफल गर्ने तयारी प्रधानमन्त्रीको छ।

प्रकाशित: २१ माघ २०७९ १०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =